६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, भौतिक संरचनामा ठूलो क्षती - सिधा मिडिया





६.६ म्याग्नीच्युडको शक्तिशाली भूकम्प, भौतिक संरचनामा ठूलो क्षती

    १ माघ २०७८, शनिबार २०:४१  मा प्रकाशित
499 जनाले पढ़िसके


एजेन्सी । इन्डोनेसियामा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षती भएको छ । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतीग्रस्त भएका छन् ।

भूकम्पले मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरुले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् ।

इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर ६.६ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् । स्थानीय समयअनुसार शुक्रबार बेलुका ४.०५ मिनेट भूकम्प आएको हो । इन्डोनेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ ।

त्यस्तै, भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ६८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८३३ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

यो सङ्ख्या अघिल्लो दिनकोभन्दा चार हजार ६३१ बढ भएको पनि अधिकारीले जानकारी दिएका छन् । शुक्रबार सार्वजनिक गरिएको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार २०२ जना नयाँ सङ्क्रमित भएका थिए ।

भारतमा अहिलेसम्म कुल तीन करोड ६८ लाख ५० हजार ९६२ कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । तीमध्ये १४ लाख १७ हजार ८२० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । त्यसैगरी कुल सङ्क्रमितमध्ये छ हजार ४१ जना कोरोनाभाइरसबाट सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ८५ हजार ७५२ जनाको मृत्यु भएको छ । तीमध्ये ४०२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस