काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को ६ लाख कित्ता बढी सेयर खरिदबिक्री भएको छ ।
आइतबार बैंकको ६ लाख ४० हजार ८४० कित्ता सेयर कारोबार भएको हो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको २५ करोड ४१ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
बैंकको सेयर मूल्यमा भने झिनो गिरावाट देखिएको छ । आइतबार बैंकको सेयर मूल्य शून्य दशमलव ९९ प्रतिशत अर्थात प्रतिकित्ता ३ रुपैयाँ ९० पैसाले घटेको हो । योसंगै आज बैंकको सेयर मूल्य ३८९ रुपैयाँ कायम भएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस