काठमाडौं-
स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरमा साताको पहिलो दिन एकाएक सर्किट लागेको छ। सेयर लगानीकर्ताहरू बैंकको सेयर किन्न झुम्मिएका छन्।
बैंकको सेयर मूल्य आइतबार प्रतिकित्ता ५० रुपैयाँले बढेर ५५० रुपैयाँमा कारोबार भएको छ। १० प्रतिशतले बढेको सेयरमा ४४ हजार ५ सय ५० कित्ता कारोबार भएको थियो।
कुनै समयमा ७ हजार रुपैयाँसम्म पुगेको सेयर मूल्य पछिल्लो समय बढ्न सकेको छैन।
बैंकले मंसिरको २८ गते साधारणसभा गरिसकेको छ। १३.०६ प्रतिश लाभांश पारित गर्नका लागि साभारणसभाबाट पारित भएर सेयरधनीको खातामा आइसकेको छ।।
सेयरधनीले चुक्ता पुँजीको ३.०६ प्रतिशत नगद लाभांशका साथै १० प्रतिशत बोनस सेयर पाएका छन्।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस