काठमाडौं-
बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ। बुद्धभूमि आइतबार नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीको ४० लाख कित्ता सेयर सूचीकृत भएको छ। गत असोज ११ देखि १४ सम्म कम्पनीले २८ लाख कित्ता सेयर सर्वसाधारणको लागि (आईपीओ) जारी गरेको थियो।
नुवाकोटमा ४.९९३ मेगावट विद्युत उत्पादन गरिरहेको कम्पनीको न्यूनतम ८४.०५ देखि २५२.१५ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको छ।
बढ्दो बजार भएकोले अधिकतम मूल्यमै कारोबार हुने देखिएको छ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस