नेप्सेमा दोहोरो अंकको वृद्धि, "इन्ट्रा डे करेक्सनले बजार झनै बलियो, छिट्टै नयाँ रेकर्ड बन्छ" - सिधा मिडिया





नेप्सेमा दोहोरो अंकको वृद्धि, “इन्ट्रा डे करेक्सनले बजार झनै बलियो, छिट्टै नयाँ रेकर्ड बन्छ”

    ३ माघ २०७८, सोमबार १९:२९  मा प्रकाशित
164 जनाले पढ़िसके


साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । इन्ट्रा डे काराेबारमा करेक्सन देखिएकाे सेयर बजार बन्द हुनेबेलासम्म दाेहाेराे अंकले बढेकाे छ ।

नेप्सेमा आज देखिएको इन्ट्रा डे करेक्सनले बजारलाई थप बलियो र मजबुत बनाएको बताउँछन् अनुभवी एवंम सक्रिय लगानीकर्ता तपेन्द्र रेग्मी । ‘आज बजारमा जसरी इन्ट्रा डे करेक्सन देखिएको छ यसले बजारलाई थप मजबुत बनाउँदै जाने देखिन्छ, कुनै समय नेप्से करिब २० अंकसम्मले घटेको थियो नाफा हुनेहरुले नाफा बुक गर्दा समेत खरिदकर्ताहरु हाबी हुँदा बजार पुनः बढ्यो बजारमा अहिले सबैभन्दा ठुलो कुरा लगानीकर्ताहरुको मनोभावना बलियो छ जसले बजारलाई थप नयाँ उचाईमा पुर्याउनेछ’ उनले भने ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर काराेबार मापक नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेकाे छ । नेप्से ०.७१ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि ३.७० अंकले बढेर ५४६.३३ विन्दुमा पुगेको छ ।

कूल २२४ वटा कम्पनीकाे एक कराेड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६ सय ६८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

साेमबार पनि अरूण भ्याली हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४४ कराेड ५४ लाख ९४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ५८ रूपैयाँ ८० पैसा पुगेकाे छ ।  यस दिन १० प्रतिशत एनएमबि डिबेञ्चर २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य ३.९५ प्रतिशतले घटेर ९ सय ८९ रूपैयाँ ३० पैसामा झरेकाे छ ।अर्थसंसार

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस