नेको इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ? - सिधा मिडिया





नेको इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

    ३ माघ २०७८, सोमबार १९:४६  मा प्रकाशित
165 जनाले पढ़िसके


काठमाडौं । नेको इन्स्योरेन्सले कम्पनीले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।

कम्पनीको माघ ३ गते विहान बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृति प्राप्त भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस