कुवाकोट साना किसानको ७ औं अन्तर समुह स्तरीय वार्षिक साधारण सभा कोइरालाको अध्यक्षतामा सम्पन्न

    १४ फाल्गुन २०७८, शनिबार ०९:३४  मा प्रकाशित
587 जनाले पढ़िसके









स्याङ्जा-

चापाकोट नगरपालिका वडा नंम्बर १० मा मुख्य कार्यालय रहेको कुवाकोट साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्नो ७ औं अन्तर समुह स्तरीय वार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष राजु कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर समुह नम्बर ५ बोटेटार र समुह ६ छाप भञ्ज्याङ्मामा समुहका सदस्य लगाएत सामाजिक ब्यक्तित्व र कर्मचारीको उपस्थितिमा कार्यक्रम चलेको थियो ।

कार्यक्रममा अध्यक्ष कोइरालाले समुहका सदस्यलाई तरकारी उत्पादनमा आत्मनिर्भर र ब्याबसायीक बनाउने उदेश्यका साथ विभिन्न जातका तरकारीका बिऊ जस्तै: करेलो,बोडी र काक्रो लगायत बितरण गरेका थिए ।

उक्त कार्यक्रममा तरकारीको बिउ पाए पछि समुहका सदस्य तथा स्थानीयहरुले खुशि ब्यक्त गरेका थिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस