काठमाडौँ /
नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्स कारोबारको सीमा घटाएको छ । बुधबार एक सूचना जारी गर्दै केन्द्रिय बैंकले रेमिट्यान्सको आन्तरिक सीमा घटाएको जानकारी दिएको हो ।
यसअघि नेपालभर एक जना व्यक्तिले एक लाख रुपैयाँसम्म कारोबार गर्न पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले अब भने प्रतिदिन एक जना व्यक्तिले २५ हजार रुपैयाँमात्रै पठाउन सकिने व्यवस्था गरेको हो ।
नयाँ व्यवस्था बुधबारदेखि नै कार्यान्वयनका लागि रेमिट्यान्स कम्पनीहलाई निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस