काठमाडौं–
चालु आर्थिक वर्ष लागेयता सुस्ताएको वाणिज्य बैंकहरुको निक्षेप संकलनको पछिल्लो तीन हप्ता यता बढ्न थालेको छ। फागुनको तेस्रो सातासम्म आउँदा वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न सफल भएका छन्।
माघ मसान्तसम्म ४३ खर्ब ११ अर्ब रुपैयाँ रहेको निक्षेप फागुनको पहिलो र दोस्रो साता वाणिज्य बैंकहरुले १ अर्ब रुपैयाँले थप गर्न सफल भएका थिए।
यसैगरी, गत फागुन १३ गतेसम्म ४३ खर्ब १३ अर्ब रुपैयाँ मौज्दात रहेको वाणिज्य बैंकहरुको कुल निक्षेप फागुन २० गतेसम्म आइपुग्दा ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ।
माघ मसान्तसम्म वाणिज्य बैंकहरुले कूल ४१ खर्ब ५९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। जुन फागुनको दोस्रो साता ६ खर्ब रुपैयाँले थप भएको थियो।
यसैगरी, फागुनको तेस्रो साता भने वाणिज्य बैंकहरुले ५ खर्ब रुपैयाँले मात्र थप कर्जा प्रवाह गरेका छन्। फागुन २० गतेसम्म वाणिज्य बैंकहरुले कूल ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस