पल शाह प्रकरण : पक्राउ परे ‘अभियन्ता’ भनिने हरी उदाशी

    २३ फाल्गुन २०७८, सोमबार १९:०७  मा प्रकाशित
479 जनाले पढ़िसके









काठमाडौं–

कलाकार पल शाह प्रकणमा नाबालिगको चरित्र हत्या हुनेगरि अभिव्यक्ति दिएको भन्दै आफूलाई ‘अभियन्ता’ बताउने हरी उदाशी पक्राउ परेका छन्।

उनलाई प्रहरीको साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो। उनले विभिन्न युट्युब च्यानलमा अन्तर्वाता दिँदै नाबालिगकको चरित्र हुने अभिव्यक्ति दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यही प्रकरणमा ब्यूरोले यसअघि गुल्मीका भनभने–९ घर भएका युट्युबर राहुल थापालाई पक्राउ गरेको थियो।

उनी सेलेब युट्युब च्यानलका सञ्चालक हुन्। रुपन्देही बस्दै आएका २१ वर्षीय थापाले नाबालिग गायिका र नायिका रेखा थापामाथि मानमर्दन हुनेगरी टिप्पणी गरेको त्यस प्रकारका सामाग्री आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेको आरोप लागेको छ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस