एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो, ४३ हजार बढी तलब पाइने, कहिले भर्ने आवेदन ? - सिधा मिडिया





एक लाख म्यादी प्रहरीका लागि भर्ना खुल्यो, ४३ हजार बढी तलब पाइने, कहिले भर्ने आवेदन ?

    १ चैत्र २०७८, मंगलवार २१:४५  मा प्रकाशित
190 जनाले पढ़िसके


काठमाडौं:

स्थानीय निर्वाचनका लागि सरकारले एक लाख म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयल‍े मंगलबार भर्नाका लागि विज्ञापन खुलाएको हो।

नेपाली नागरिकले चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन सकिने विज्ञापनमा उल्लेख छ। म्यादी प्रहरीले ४० दिन काम गर्नुपर्ने र त्यसका लागि ३० हजार २४० रुपैँया तलब तोकिएको छ।

त्यसका अलावा खाद्यान्नबापत ७ हजार दुई सय र खाद्यान्नबापत ६ हजार भत्ता तोकिएको छ। सबै गरेर प्रतिव्यक्ति म्यादी प्रहरीले ४३ हजार बढी रुपैँया पाउनेछन्। म्यादी प्रहरीमा भर्ना हुन् १८ देखि ५४ वर्ष हुनुपर्ने बताइएको छ। 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस