काठमाडौं ।
एनआइसी एशिया बैंकले आफ्नो ग्राहकलाई मध्य नजर गर्दै बिशेष सुबिधा ल्याएको छ । र्बैंकले ग्राहकको लागि सर्वश्रेष्ठ बचत खाता सुविधा ल्याएको हो । यस सुबिधा अन्तर्गत एक जनाले खाता खोल्दा चार जनालाई ८४ लाखको बीमा सुविधा प्राप्त हुने बैंकले जनाएको छ। यो सुविधा अरु कुनै पनि वाणिज्य बैंकले उपलब्ध गराउन नसकेको बैंकले दाबी समेत गरेको छ ।
बैंकका अनुसार एक जनाले सर्वश्रेष्ठ बचत खाता खोल्दा अन्य तीन जनासमेत गरी चार व्यक्ति लाभान्वित हुने ब्यवस्था रहेको छ । यसमा रहेको ८४ लाख रुपैयाँ बराबरको बीमा सुविधा खातावालाले तोकेका अन्य तीन व्यक्तिले उपभोग गर्न सक्ने बताइएको छ। बैंकले सर्वश्रेष्ठ एम्बेसडर, सर्वश्रेष्ठ प्राइड र सर्वश्रेष्ठ पार्टनर गरी तीन वटा खाता खोल्न सक्ने बताएको छ।
जसमध्ये एम्बेसडर र प्राइड खातावालाले अन्य पाँच जनालाई बीमा फाइदा दिलाउन सक्छन्। एम्बेसडर खाता खोल्नेले आफूसहित ४ जनाले ८४ लाख रुपैयाँसम्म बीमा फाइदा लिन सक्नेछन् । यस खातामा दुर्घटना बीमाका लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ गरी कुल ४० लाख रुपैयाँ उपलब्ध गराएको छ।
मेडिलकलको चार लाख रुपैयाँको बीमामध्ये ओपीडीको लागि ८० हजार रुपैयाँसम्म र अस्पताल भर्ना भएमा तीन लाख २० हजार रुपैयाँसम्म उपलब्ध हुनेछ। बैंकले यो बीमा फाइदाको अवधिलाई ५ वर्ष पुर्याएको छ। यसअघि बैंकले १ वर्षका लागि मात्र यो फाइदा उपलब्ध गराएको थियो। यो फाइदा उपभोग गर्न खातावालाले सिफारिस गरेका तीन सदस्यले एनआइसी एशिया बैंकको खाता पनि खोल्नु पर्छ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस