स्याङ्जाको चापाकोटमा राजु कोइरालाको प्रमुख अतिथ्यतामा कुक तालिम उद्दघाटन - सिधा मिडिया





स्याङ्जाको चापाकोटमा राजु कोइरालाको प्रमुख अतिथ्यतामा कुक तालिम उद्दघाटन

    ४ चैत्र २०७८, शुक्रबार १९:३९  मा प्रकाशित
487 जनाले पढ़िसके


स्याङ्जा:

चापाकोटमा शुक्रबार चैत्र ४ गते CTEVT र वैदेशिक रोजगार वार्डको सचिवालयकको अर्थिक सहयोग र धवलागीरी प्राविधिक शिक्षालय थासाङ –३ कालोपानी मुस्ताङ द्वारा आधिखोला प्राविधिक शिक्षालय, वालिङ र कुवाकोट साना किसान कृषि सहकारी संस्था लि को समन्वयमा १६० घण्टे कुक तालिमको उद्दघाटन कार्यक्रम समपन्न भएको छ ।

उक्त कार्यक्रममा सभापति, धौलागिरी शिक्षालयका कुक तालिम कार्यक्रमका संम्योजक ठाकुर शर्मा पौडेल , समन्वय संस्था श्री कुवाकोट साना किसान कृषि सहकारी संस्था लि चापाकोट न.पा १० का अध्यक्ष श्री राजु कोइराला को प्रमुख आतिथ्यता र विशिष्ट अतिथिमा आधिखोला प्राविधिक शिक्षालयका लेखासंम्योजक श्री शंकर श्रेष्ठ तथा उद्दघाटन कार्यक्रम उद्दघोषक आधिखोला प्राविधिक शिक्षालयका
निर्देशक श्री दिपक सुवेदि ज्यूले गर्नु भएको थियो ।

उक्त कुक तालिम लिनेमा चापाकोट नगरपालिका क्षेत्र भित्रका जम्मा ४० जना प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि राजु कोइराला ज्यू द्दारा ब्यानर पढेर कुक तालिम कार्यक्रमको उद्दघाटन गर्नुभएको थियो ।

प्रमुख अतिथि राजु कोइराला ज्यू द्दारा उक्त १८० घण्टे कुक तालिम लिइसके पस्चात युवा वर्गहरुमा कार्यकौशलतामा वृद्दिहने र आर्थिक विकास तथा वैदेशिक रोजगारमा जाने युवाहरु लाई समेत अझै सहजता पुर्वक आफुले जानेको सिप क्षमता अनुसारको वैदेशिक रोजगारमा जानलाई समेत टेवा पुग्ने समेत बताउनु भएको थियो ।

भने उक्त कुक तालिम लाई सहजता पुर्वक चापाकोटमा सञ्चालन गरिदिनुभएकोमा धवलागीरी प्राविधिक शिक्षालयका समयोजक श्री ठाकुर शर्मा पौडेल र आधिखोला प्राविधिक शिक्षालयका लेखासंम्योजक र निदेशक श्री दिपक सुवेदि ज्यू लाई समेत धन्यवाद दिनु भएको थियो ।

भने उद्दघाटन कार्यक्रमका सभापति द्दारा कार्यक्रमको बारेमा सम्पुर्ण जानकारीहरु दिनु् ह्ुदै तालिमलाई सहि ढंगले पुणरुपमा तालिम आर्जन गरि प्रत्क्षयरुपमा आय अर्जन तर्फ लाग्न समेत अगह्र गर्नुहुदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस