काठमाडौं ।
वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबहाक बस सर्लाहीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीस्थित फूलजोर भन्ने ठाउँमा आज बिहान सवा ११ बजे पुलबाट बस खोलामा ख’सेको हो।
ना ४ ख ८५५५ नम्बरको बस पुलबाट खोलामा ख’स्दा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूको पहिचान भइसकेको छैन।
घाइतेहरूलाई उद्धार गरी अस्पताल लगिएको छ। दुर्घटनाको कारण खुलेको छैन। गुडिरहेको बस एक्कासि खोलामा ख’से’को जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानेको छ ।
मृतकहरुको शव पो’ष्टमा’र्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । फोटो फाईल
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस