महाकाली नदीमा सशस्त्रले खोस्यो भारतीय स्काभेटरको चाबी - सिधा मिडिया





महाकाली नदीमा सशस्त्रले खोस्यो भारतीय स्काभेटरको चाबी

    १३ चैत्र २०७८, आईतवार १९:२८  मा प्रकाशित
262 जनाले पढ़िसके


दार्चुला:

दार्चुलाको महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले खोसेको छ।

अनुमति बिना नेपालतर्फ आएपछि चाबी खोसेको पत्रकार भोजराज जोशीले बताए।

नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको हो। प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले समन्वय बिना नेपाल ल्याएकाले चाबी थुतेको बताए।

‘हामीसँग समन्वय नगरेर दार्चुलातर्फ भारतीय स्काभेटर आएको थियो। त्यसैले हामीले चाबी थुतेका हौं,’ उनले भने। उनले नेपालतर्फको बाटो प्रयोग गर्न लिखितरुपमा जानकारी लिनुपर्ने बताए।

भारतले महाकाली नदीको बहाब नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ। ‘भारतीय पक्षले हामीसँग समन्वय नगरेर महाकालीमा जथाभाबीरुपमा तटबन्ध निर्माण गरिरहेको छ। चाबी सशस्त्र प्रहरीले थुते पनि भारतीय स्काभेटर चालकले अर्को चाबी प्रयोग गरेर फिर्ता लगेका छन्,’ उनले थपे।

एक साताअघि भारतीय पक्ष र नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारीबीच महाकालीमा तटबन्ध कसरी निर्माण गर्ने सम्बन्धमा कुरा भए पनि कार्यान्वयन हुन सकेको छैन।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस