धनुषामा भएको दुर्घटनामा ४ बालकको मृत्यु - सिधा मिडिया





धनुषामा भएको दुर्घटनामा ४ बालकको मृत्यु

    १५ चैत्र २०७८, मंगलवार १४:२५  मा प्रकाशित
241 जनाले पढ़िसके


काठमाडौ । धनुषाको सबैलामा सवारी दुर्घटनामा परी चार जना बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सबैला(१२ रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाबीचको सडकखण्डमा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा चार जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार लुइँटेलले बताए।

मृत्यु हुने चारै जना बालक सबैला(२ का हुन्। दुर्घटनामा १२ वर्षीय लक्ष्मी यादव, १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव र १२ वर्षीय बौका यादवको मृत्यु भएको लुइँटेलले बताए। त्यस्तै, दुर्घटनामा १९ वर्षीय सुरेन्द्र यादव गम्भीर घाइते भएका छन्।

दुर्घटना कसरी भयो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाले खबर गरेपछि पुगेको प्रहरी टोलीलाई तत्काल अस्पताल ल्याएका कारण सोधपुछ गर्न बाँकी रहेको इन्स्पेक्टर लुइँटेलको भनाइ छ। यसमा थप अनुसन्धान भइरहेको उनले बताए।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस