काठमाण्डाैं
जिल्ला अदालत अछामले आफूमाथि ज बर जस् ती क र णी भएको भनी मु द्दा हाल्ने एक किशोरीलाई तीन वर्ष ६ महिना कैदको फैसला सुनाएको छ।
न्यायाधीश नवीनकुमार जोशीको इजलासले सहमतिमा यौ न सम्बन्ध राखेर ब लात् का र गरेको भन्दै उजुरी दिएकी १९ वर्षीया किशोरीलाई जेल सजाय तोकेको हो।
गएको माघ १५ गते घरमा हात माग्न आएको २० वर्षीय पुरूषले ब ला त्का र गरेको भन्दै सोही महिनाको १७ गते ती किशोरीले प्रहरीसमक्ष जो ह री दिएकी थिइन्।
फोनमा केही दिन कुराकानी भएपछि विवाहको प्रस्ताव लिएर घरमा आउने कुरा उनीहरूबीच भएको थियो। घरमा पुगेका पुरूषले किशोरीकी आमासमक्ष विवाहको कुराकानी गरेका थिए।सोही राति अबेरसम्म उनीहरूबीच कुराकानी भएको र किशोरीको कोठामा पुरूष पनि सुत्न गएका थिए।
खाटमा बहिनीसँग सुतेकी किशोरीलाई भुइँमा सुतेका पुरूषले तानेर ज बर जस् ती क र णी गरेको आ रो प लगाएकी थिइन्। तर पुरूषले युवतीले राति खाटबाट युवतीसँगै सुत्न आएको र पछि सहमतिमा यौ न स म्प र्क भएको बयान दिएका थिए।
किशोरीले पनि विवाह नगर्ने हो कि भन्ने त्रा सले मु द्दा दायर गरेको बताएको कुरालाई अदालतले आधार बनाएको छ।
सहमतिमा यौ नस म्पर्क भएको तर, जबर्जस्ती क र णी नभएको ठहर गर्दै अदालतले बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरूषलाई सफाइ दिएको छ।
पीडित पक्षलाई फैसला चित्त नबुझे ७० दिनभित्र उच्च अदालतमा पुनरावेदन गर्न म्याद दिइएको छ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस