आजबाट नेपालमा ग्याँस बिक्री वितरण बन्द, पेट्रोल पनि बन्द गर्ने चे’ता’व’नी - सिधा मिडिया





आजबाट नेपालमा ग्याँस बिक्री वितरण बन्द, पेट्रोल पनि बन्द गर्ने चे’ता’व’नी

    १८ चैत्र २०७८, शुक्रबार २०:२७  मा प्रकाशित
256 जनाले पढ़िसके


आजबाट नेपालमा ग्याँस बिक्री वितरण बन्द, पेट्रोल पनि बन्द गर्ने चे’ता’व’नी

ग्याँस उद्योगहरुले आजबाट बिक्रेताहरुलाई ग्याँस बिक्री वितरण बन्द गरेका छन् । नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा उद्योगीहरुले ग्याँस बिक्री वितरण बन्द गरेका हुन् ।पूर्वघोषित आ न्दोल नका कार्यक्रम अनुसार आजबाट एलपी ग्याँस उद्योगीहरुले बिक्रेतालाई बिक्री वितरण बन्द गरेको उद्योगीहरुले बताएका छन्।

कमिसन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्याँस र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् ।कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले संयुक्त रुपमा आन्दोलन गर्दै आएका छन् ।

निगमले पेट्रोलियम बिक्रेतालाई प्रतिशतको आधारमा दिंदै आएको कमिसन २०७८ फागुन १९ गतेबाट बन्द गरेको थियो । कमिसन पाउनुपर्ने र २०७७ मंसिर १८ गतेबाट स्थगन गरिएको प्राविधिक नोक्सानीका सम्बन्धमा गुणस्तर तथा नापतौल विभागका महानिर्देशक नेतृत्वको अध्ययन समितिको प्रतिवेदनअनुसार लागु गर्नुपर्ने मुख्य माग राखेर उनीहरुले चैत ५ गतेदेखि आन्दोलन जारी राखेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस