पेट्रोल डिजेलको मुल्य घट्यो तर ग्याँसको मुल्य ह्वात्तै बढ्यो, नयाँ मुल्य यस्तो छ ! - सिधा मिडिया





पेट्रोल डिजेलको मुल्य घट्यो तर ग्याँसको मुल्य ह्वात्तै बढ्यो, नयाँ मुल्य यस्तो छ !

    १८ चैत्र २०७८, शुक्रबार २२:२१  मा प्रकाशित
523 जनाले पढ़िसके


काठमाडौं :

पेट्रोलियम ढुवानी व्यवसायीले आफ्ना माग पुरा नभएको भन्दै ढुवानी नै बन्द गरिदिएका छन् । पछिल्लो समय बढ्दै गएको पेट्रोलियमको मूल्यका कारण ढुवानी खर्च बढेको भन्दै कमिशन बढाउन नेपाल आयल निगमसमक्ष व्यवसायीहरुले माग राख्दै आएका थिए ।

सोही मागहरु पुरा नहुँदा व्यवासायीहरुले पेट्रोल, डिजेल, खाना पकाउने एलपी ग्याँसलगायत सबै प्रकारका पेट्रोलियम उठाउन छोडेका छन् । यसरी व्यवसायीले पेट्रोलियम पदार्थ ढुवानी बन्द गरिदिँदा ईन्धनको अभाव हुने र सरकार स्वयं भाडा र कमिसन बढाउन बाध्य हुने व्यवसायीको अनुमान छ ।

सोही अनुसार शुक्रबार बिहानैदेखि व्यवसायीले विभिनन डिपोहरुबाट पेट्रोलियम उठाउन छोडिसकेको नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुस मल्लीले बताए । यसरी पेट्रोलियम ढुवानी रोकिँदा पेट्रोलियमको अभाव हुन सक्ने देखिन्छ ।

यसै क्रममा भारतीय आयाल कर्पोरेसन (आइओसी) ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

नेपाल आयाल निगमकाअनुसार पछिल्लोपटक अप्रिल १ मा आइओसी पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँले, मट्टितेलमा २२ रुपैयाँ १९ पैसाले र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसाले बढेर आएको छ भने पेट्रोलमा १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासमा अधिकतम २७३ रुपैयाँ ३८ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस