यीनै हुन २० बर्षकै उमेरमा जहाजको इलेक्ट्रिकल टेक्निसियन बनेकी लक्ष्मी सुनुवार - सिधा मिडिया





यीनै हुन २० बर्षकै उमेरमा जहाजको इलेक्ट्रिकल टेक्निसियन बनेकी लक्ष्मी सुनुवार

    १९ चैत्र २०७८, शनिबार १३:०८  मा प्रकाशित
294 जनाले पढ़िसके


काठमाडौ । अहिले म’हिलाहरु जुनसुकै पेशामा पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने थुप्रै उदाहरण देखिएका छन् ।

ति मध्य एक हुन् ओखलढुंगाकी २३ वर्षीया लक्ष्मी सुनुवार । उनी पनि पु’रुषले मात्रै धान्दै आएको पेशालाई आफ्नो बनाएकी छन् ।

उनी सानै उमेरमा जहाजको इलेक्ट्रिकल टेक्निसियन बनेकी छन् । अहिले २३ वर्ष पुगेकी लक्ष्मीले ३ वर्ष देखि यो काम गर्दै आएकी छन् ।बुद्ध एयरमा काम गर्ने लक्ष्मीले जहाज उड्नुअघि र अवतरण भएपछि उक्त जहाज प्राविधिक रुपले ठिक छ की छैन हेर्छिन ।

जहाजको तार लगायत अन्य विद्युतीय सामग्री ठिक भए नभएको हेर्ने काम उनको हो । साथै जहाजमा इन्धन भर्ने र अवतरण क्रममा जहाजलाई ‘ट्याक्सी(वे’ सम्म बाटो देखाउने काम पनि उनले गर्छिन ।

यो पेशामा पुरुषको बाहुल्यता छ । तर आफुले पनि यसलाई पेशा बनाउन पाएकोमा उनी गर्व गर्छिन्। सेतो पाटी अनलाईनले उनै लक्ष्मीसंग अन्तरवार्ता लिएको छ । लक्ष्मीको ब्यवसायीक जिवनको अनुभव यो भिडियोमा हेर्न सक्नुहुनेछ ।एजेन्सी

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस