पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता [सहमतिपत्र हेर्नुस्] - सिधा मिडिया





पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता [सहमतिपत्र हेर्नुस्]

    २० चैत्र २०७८, आईतवार ०७:१२  मा प्रकाशित
497 जनाले पढ़िसके


पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी माग ७ दिनभित्र र इन्धनको कारोबारसम्बन्धी मागको सम्बन्धमा जेठ १५ सम्म सक्नेगरी सहमति

काठमाडौँ — पेट्रोलियम व्यवसायीहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगन गरेका छन् । चैत ६ गतेदेखि ग्यासको पिडिओ खरिद बन्द गर्नेदेखि इन्धन लोडअनलोड बन्द गरेका उनीहरुले आयल निगमसँग शनिबार चार बुँदे सहमति गर्दै आन्दोलन फिर्ता लिएका हुन् ।

निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार व्यवसायीको मागको सन्दर्भमा ७ दिनभित्र उचित निष्कर्ष निकाल्नेगरी सहमति भएको हो । पेट्रोलियम बिक्रेता कमिसन र ढुवानी भाडा समायोजनसम्बन्धी मागको हकमा ७ दिनभित्र र इन्धनको कारोबारसम्बन्धी मागको सम्बन्धमा जेठ १५ सम्मको सक्नेगरी सहमति भयो,’ उनले भने, समहतिसँगै विरोधका कार्यक्रमहरु आजकै मितिबाट स्थगन गरी इन्धन कारोबार यथावत् राख्ने निर्णय भयो ।’

बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै एलपी ग्यास उद्योग संघ, पेट्रोलियम डिलर्स एशोसिएशन र पेट्रोलियम ढुवानी व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए । यातायात क्षेत्रमा जसरी इन्धन ढुवानीमा समेत वैज्ञानिक भाडा लागू गर्नुपर्ने भन्दै एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कारोबार गर्ने व्यवसायीले राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समिति बनाएर आन्दोलन गरिरहेका थिए ।

रुसले युक्रेनमा गरेको आक्रमणका कारण कच्चा तेलको मूल्य अचाक्ली बढेपछि निगमले पेट्रोलियम व्यवसायीले पाइरहेको कमिसन बढाएको छैन । त्यसैको झोंकमा ६ बुँदे माग राख्दै व्यवसायीले अत्यावश्यक वस्तु इन्धनको लोड नै बन्द गरेका थिए । निगमले जायज माग सम्बोधन गर्ने आश्वासन दिए पनि सर्वसाधरणलाई दु:ख दिन व्यवसायीहरुले इन्धन ढुवानी नै बन्द गरेका थिए ।

पूर्णपाठ:

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस