केपि बा’ ले क्यारमबोर्डमा गोटी छिराएपछि छोराहरुको वाहिवाही, भिडियो बन्यो भाइरल
एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिमा जस्तै क्यारमबोर्डमा पनि एकातिरको गोटीलाई अर्कातिरको प्वालमा खसाल्न च्याम्पियन देखिनुभएको छ ।सामाजिक सञ्जालमा उहाँले क्यारमबोर्ड खेल्दै गरेको यौटा भिडियो भर्खर सार्वजनिक भएको छ जसमा लगातार गोटीलाई जुनसुकै प्वालमा छिराएपछि नजिकै रहेकाहरुले ‘वाह !’भनेको सुनिन्छ ।
सामाजिक सञ्जालमा उहाँले क्यारमबोर्ड खेल्दै गरेको यौटा भिडियो भर्खर सार्वजनिक भएको छ जसमा लगातार गोटीलाई जुनसुकै प्वालमा छिराएपछि नजिकै रहेकाहरुले ‘वाह !’भनेको सुनिन्छ ।
उहाँले क्यारमबोर्डमा गोटीलाई हिर्काउँदा र छिराउँदा प्रोफेसनल क्यामराम्यानले फोटोसमेत खिचेको देखिन्छ । उहाँले बायाँतर्फ रहेको रातो गोटीलाई दायाँतर्फ माथितिर रहेको प्वालमा छिराउनुभयो । त्यसपछि सेतो गोटीलाई कट रिटर्न स्ट्रोक हानेर अर्कै कुनामा खसाल्नुभएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस