चापाकोट मेयरमा एमालेका राजु कोइराला नै किन ? - सिधा मिडिया





चापाकोट मेयरमा एमालेका राजु कोइराला नै किन ?

    २२ चैत्र २०७८, मंगलवार १३:३३  मा प्रकाशित
457 जनाले पढ़िसके


प्रदिप पंगेनी / स्याङ्जा:-

नेपालको ऐतिहासिक कालिगण्डकीले छोएको स्याङ्जाको चापाकोटमा स्थानीय चुनावको उम्मेदवारहरुको चर्चा हुन थालेको छ । राजनीतिक दलहरुले आधिकारिक रुपमा उम्मेदवारको नाम सिफारिस गर्ने बैठक राखेका छैनन् । तर, आकांक्षीहरुले आफ्नो पक्षमा माहौल बनाउन खोजिरहेका छन् ।

स्थानीय तहको घोषित निर्वाचन मिति नजिकिदै गर्दा स्याङ्जाको चापाकोट नगरपालिकामा मेयरका प्रत्याशीहरुले आ-आफ्नो पार्टीभित्र लबिङ थालेका छन् ।

यसपटक चापाकोट नगरपालिकामा करिब २१ हजार ५४६ मतदातामध्ये १० हजार २४० पुरुष र ११ हजार ३०६ महिला रहेका छन् ।

एमालेबाट मेयरका  बलियो दावेदार युवाहरुले निकै खोजेको र चाहेको राजु कोइरालाले पनि चुनावी प्रचारप्रसारलाई तीव्र पारिसकेका छन् । उनी चापाकोट नगरपालिकाका एमालेको नगर अध्यक्ष पनि भएकाले मेयरको दावी  स्वाभाविक र सर्ब स्वीकार्य हो भन्नुमा अत्युक्ति नहोला  । बहुसंख्यक नेपाली राजनीतिज्ञका लागि जनता भोट मात्रै हुन् भन्नुमा अत्युक्ति नहोला । भोटका लागि ठूला सपना देखेर आम जनतालाई खुसी पार्नु र चुनावपछि पनि याद नगर्नु राजनीतिक भ्रष्टाचार हो भन्ने मान्यता  राख्छन् राजु कोइराला  ।

राजु कोइरालाको राजनैतिक  पृष्ठभूमि र लगनशीलतालाई सरसरी हेर्दा उनको समर्पण र त्याग लामो रहेको र भविष्यमा चापाकोटलाई अगाडि बढाउन समेत प्रस्ट  दृष्टिकोण समेत  भएको अनुभवी र जनतासंग भिजेको व्यक्ति  हुन् I

उनको त्यत्रो लामो अनुभव चापाकोटले उपयोग गर्न समेत उनको उम्मेदवारी र जितको आवश्यकताको अनुभूति हुनु स्वाभाविक हो I उनको त्यत्रो लामो अनुभव र भविष्यको  प्रति र  चापाकोटवासीप्रतिको निस्वार्थ प्रतिबद्धताको भरपुर प्रयोग गर्ने पर्छ I

कुनै पनि देशको मेरुदण्ड देशमा रहेको राजीनितिक संरचना, इच्छा शक्ति र निर्वाचित पदाधिकरीमा भर पर्छ भन्नुमा कुनै अत्युक्ति नहोला ।  राजनीति व्यवसाय हुनु हुँदैन भन्ने मान्यता  राख्छन कोइराला I

राजु कोइराला जसको नेकपा एमालेमा  र खास गरि चापाकोटमा राम्रो र ऐतिहासिक योगदान छ । उनी  एक प्रखर बुद्धिजीवी हुन्  । समाज बिकासमा जुझारु रूपमा अनवरत लागेका योद्धा हुन्  । उनले एमालेको एक योद्धा बनेर सधै समाजको लागि जस्ताेसुकै अप्ठेराे अवस्थामा पनि काँध थापेर कार्य गरेको देखिन्छ  । बेला बखत समेत आम नेकपा एमालेजन उनलाई पार्टीले उचित अवसर नदिएको कुरामा गुनासो गर्छन ।

यो तथ्य बाहिर आएको छ कि यस पटक राजु कोइराला जस्तो कार्य योजना भएको ब्यक्ति अगाडि नसारेमा चापाकोटमा एमालेको पकड खस्किदै जाने छ । एमालेको पकड चापाकोट जस्तो नगरपालिकामा खस्किनु भनेको ऐतिहासिक सुन्दरनगरी चापाकोटको लागि दुर्भाग्य हुन सक्छ ! यसर्थ सबैले ध्यान दिउँ र राजु कोइरालाको पक्षमा एक ढिक्का बनेर खडा होउँ । यस पटक चापाकोट नगरपालिकाको प्रमुखमा एक डाइनामिक ब्यक्तिलाई जिताउँ !
चापाकोटको विकास हाम्रो विकास ! चापाकोटको उत्थान हाम्रो उत्थान !!
(लेखककाे निजी विचार)

 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस