चापाकोटमा ज्ञानेन्द्र शाहीको गर्जन: देशमा भ्रष्टाचार, कुशासन र वेथिती मौलायो - सिधा मिडिया





चापाकोटमा ज्ञानेन्द्र शाहीको गर्जन: देशमा भ्रष्टाचार, कुशासन र वेथिती मौलायो

    २५ चैत्र २०७८, शुक्रबार ०८:०९  मा प्रकाशित
285 जनाले पढ़िसके


स्याङ्जा / प्रदिप पंगेनी । 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले आफुहरुको लडाइ कुनै दल विशेष नभएर बेथिति र कुशासनविरुद्ध भएको बताएका छन्। बिहीबार राप्रपा स्याङ्जाको आयोजनामा सम्पन्न भएको वृहत आमसभालाई सम्बोधन गर्दै प्रवक्ता शाहीले देशको वर्तमान अवस्था  सबैतिरबाट बर्बाद भइसकेको बताए।

यस्तै चापाकोट नगरपालिकामा पनि धेरै रकम जनताको सेवामा भन्दा मोजमस्ती र घुमघाममा सकेको भन्दै आक्रोश व्यक्त गरेका थिए । राप्रपाले भ्रष्टाचार, वेरोजगारी र कुशासनलाई मुख्य दुश्मनको रुपमा लिएको र त्यसैका विरुद्ध लडाई गर्ने बताए ।

देशलाई भ्रष्टतन्त्रले वर्षौ पछाडि धकेलेको उल्लेख गर्दै उनले भने, ”देशको राष्ट्रियता धरापमा पर्नु, जनता महङ्गीमा डुब्नुको मुख्य कारण नै कुशासन हो ।

त्यसैले हाम्रो लडाइ कुनै व्यक्ति र पार्टीसँगको होइन, माैलाउँदै गरेको भ्रष्टाचार, बेथिति र कुशासनका विरुद्ध हो ।” स्याङ्जाको चापाकोट राप्रपाको वृहत आमसभामा पार्टीका केन्द्रीय सदस्य हिक्मत जङ्ग कार्की, प्रदेश अध्यक्ष पन्चराम गुरूङ, लगायतका शीर्ष नेताहरूले सभालाई सम्बोधन गरेका थिए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस