स्वर्गद्वारी तीर्थस्थल पुगेर फर्किँदै गरेका तिर्थ यात्री चढेको बस दुर्घटना - सिधा मिडिया





स्वर्गद्वारी तीर्थस्थल पुगेर फर्किँदै गरेका तिर्थ यात्री चढेको बस दुर्घटना

    २८ चैत्र २०७८, सोमबार २१:२२  मा प्रकाशित
217 जनाले पढ़िसके


काठमाडौ । सर्लाहीमा तिर्थ यात्री चढेको बस दुर्घटनामा परेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा बस दुर्घटना भएको हो । घटनामा चालक सहित २५ जना घाइते भएको प्रहरीले जनाएको छ । प्युठानको स्वर्गद्वारी तीर्थस्थल पुगेर फर्किँदै गरेको प्रदेश ३–०१–००५ ख ९८६० नम्बरको बस फुलजोर चोकमा अनियन्त्रित भएर पल्टिएको थियो।

बसमा ३२ यात्रु थिए । उनीहरु मोरङस्थित पारिश्रमिक सहकारी संस्थाका सदस्य रहेको प्रहरीले जनाइको । सहकारीले आफ्ना सदस्यहरुलाई मन्दिर घुमाउन लगिएको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय केशरगंजका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।

घटनामा परेका अन्य ९ जना सकुशल रहेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए । उनका अनुसार गम्भीर घाइते भएकालाई जनकपुर र बिराटनगर रेफर गरिएको छ भने अधिकांश घाइतेको लालबन्दीमै उपचार चलिरहेको छ ।

  1. घाइते चालक प्रहरीको सम्पर्कमा नरहेको र उनको कतै उपचार भइरहेको जनाइएको छ । प्रहरीले बसका मालिक भने सम्पर्कमा रहेको जनाएको छ । बस दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ । फाइल तस्बिर

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस