रुपन्देहीको तिलोत्तमामा २९ वर्षीया अमृता खत्रीको रहस्यमय मृत्यु, श्रीमान र सासू-ससुरा पक्राउ - सिधा मिडिया





रुपन्देहीको तिलोत्तमामा २९ वर्षीया अमृता खत्रीको रहस्यमय मृत्यु, श्रीमान र सासू-ससुरा पक्राउ

    १ बैशाख २०७९, बिहीबार २०:४२  मा प्रकाशित
239 जनाले पढ़िसके


रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीको रहस्यमय तरिकाबाट मृत्यु भएको खबर बाहिरिएको छ । २९ वर्षीया अमृता खत्री वि’ष से’व’नबाट मृत्यु भएको प्रहरीले बताएको छ । अमृताको श्रीमान्‌ले नै ह’त्या ग’रे’को माइती पक्षले दाबी गरेका छन ।

बुधबार तिलोत्तमाको जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक पटक फोन गरेर घरमा बोलाएको एक घण्टानबित्दै उनको मृत्यु भएको माइती पक्षको भनाइ छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ भेटनरी लाइनमा २९ वर्षीय युवतीको शंकास्पद मृत्यु भएको भन्दै माइती पक्षले विरोध प्रदर्शन गरेका छन् । बुधबार राति करिब पौने १० बजे विष सेवन गरेको अवस्थामा भेटिएकी २९ वर्षीया अमृता टण्डनको उपचारको क्रममा मृत्यु भएको हो ।

अमृतालाई परिवारकै सदस्यले ह’त्या ग’रे’र छिमेक र प्रहरी कसैलाई खबर नगरी वि’ष से’व’न ग’रेको बहाना बनाइ उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएको माइती पक्षको आरोप छ । गत भदौमा पटकपटक यातना पाएपछि कार्यालयमा निवेदन दिएपछि आइन्दा मिलेर बस्ने सहमति भएको थियो । उनीहरुको ५ बर्षीय एक छोरा पनि छ ।

मृतकका दाजु पुष्पक खत्रीका अनुसार अमृताले बुधबार राति ९ बजेर ३२ मिनटमा अनिताले दाजु पुष्पकलाई बचाउन र घरबाट निकाल्न अपिल गर्दै म्यासेज लेखेकी थिइन् । म्यासेज आएपछि माइती पक्ष सोधखोजमा लाग्दै थिए । तर, उनको मोबाइल अफ थियो । करिब १० बजेर १५ मिनेटपछि श्रीमान प्रेमले बिरामी भएको भन्दै मईती पक्षलाई अस्पतालमा बोलाएका थिए । यहि आधारमा माईति पक्षले अमृताको श्रीमान्‌ले नै ह’त्या ग’रे’को माइती पक्षले दाबी गरेका हुन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस