पल शाह प्रहरी हिरासत जानु अगाडी खेलेको बिष्णु माझीको दोहोरी गीत युटुबमा रिलिज (भिडियो हेरौ) - सिधा मिडिया





पल शाह प्रहरी हिरासत जानु अगाडी खेलेको बिष्णु माझीको दोहोरी गीत युटुबमा रिलिज (भिडियो हेरौ)

    २ बैशाख २०७९, शुक्रबार २२:२३  मा प्रकाशित
316 जनाले पढ़िसके


नेपाली लोक संगीतलाई निरन्तर अगाडी बढाउदै आएका अग्रज सर्जक तथा गायक पवन ओलीको लोक दोहोरी गीत ‘मुटुमा माया छ’ बजारमा आएको छ।लोकप्रिय गायिका बिष्णु माझी र कुलेन्द्र बिश्वकर्माले सुमधुर आवाज भरेको गीतमा लय तथा शब्द सृजना भने पवन ओली आफ्नै रहेको छ।

लोक दोहोरीमा पवन ओलिले केहि न केहि फरक शैली ल्याएकै छन जसको एउटा उदाहरण भनेकै यही गीत पर्दछ।पवनले सृजना गरेको यो गीतमा पुरानो आवाज भने योगेन्द्र गौतम र बिष्णु माझीको रहेको थियो।गीतमा अभिनय भने अहिले प्रहरी थुनामा रहेका नायक पल शाह र जुना सुन्दासको रहेको छ।

भिडियो सम्पादन भने प्रविन भट्टको रहेको छ भने निर्देशन मौसम हिमालीले गरेका हुन्। बिष्णु माझी बिशेष प्रेमिल गीत गाउने गायिका हुन् सोहि कारण पनि हुन सक्छ यो गीतले फरक माया पाएको छ।भिडियो हेरौ

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस