बीबीसी :
भारतको महाराष्ट्रको सह्याद्रि टाइगर रिजर्भमा एक बंगाल मोनिटर लिजर्ड (गोहोरो) माथि कर णी को घटना सार्वजनिक भएको छ । यो सिलसिलामा चार व्यक्तिविरुद्ध आशंकाको आधारमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढिरहेको छ ।
यी चार विरुद्ध ३१ मार्चमा चन्दोली नेशनल पार्कमा अवैध तरिकाले प्रवेश गरेको आरोपमा मुद्दा दर्ता गरिएको थियो । यो पार्क टाइगर रिजर्भअन्तर्गत पर्दछ । अधिकारीले मुद्दा दर्ता गरेपछि यी अभियुक्तको मोबाइल फोन अनुसन्धान गर्दा गोहोरोमाथि भएको घटनाबारे पत्ता लागेको हो ।
सह्याद्रि टाइगर रिजर्भ महाराष्ट्रका चार जिल्ला सतारा, सांगली, कोल्हापुर र रत्नागिरीमा फैलिएको छ । कर णी को घटना रत्नागिरी जिल्लाको गोठणे गाउँको बताइँदैछ ।
के हो घटना ?
चन्दोली नेशनल पार्कमा बाघको गन्तीका लागि ट्र्याप क्यामरा राखिएका छन् ।
यी क्यामराको निरिक्षणको क्रममा गोठणे गाउँको एउटा इलाकाबाट एउटा क्यामरा गायब भएको पत्ता लाग्यो ।
तर त्यसको अगाडि राखिएको अर्को क्यामराबाट केही संदिग्ध व्यक्तिलाई देखियो । यी मानिस शिकारमा प्रयोग हुने ह’ति’या’र लिएर गइरहेको देखिए । ।
त्यसपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरियो । अनुसन्धान गर्ने समूहले एकजना संदिग्धलाई पक्राउ गरेको भन्ने खबर मिडियामा प्रकाशित भयो । उनले आफू शि’का’रका लागि वन्य क्षेत्रमा प्रवेश गरेको बताए ।
पछि यसै मामिलामा अन्य दुईलाई पक्राउ गरियो । यो मामिलामा हालसम्म चारजना पक्राउ परेका छन् ।
मोबाइल फोनमा भेटियो भिडियोः
वन अधिकारीले त्यसपछि संदिग्धको मोबाइल फोन अनुसन्धान गरियो जसमा खरायो, हरिण, पेगोलिनजस्ता थुप्रै जनावरका तस्बिर भेटिए ।
साथै, अधिकारीले एउटा यस्तो भिडियो पाए जसमा साढे चार फिट लामो एउटा गोहोरोमाथि अ’प्रा’कृ’तिक अत्याचार गरिँँदै थियो । वन अधिकारीलाई यो विभत्स व्यवहार यिनै संदिग्ध व्यक्तिले गरेका हुन् कि भन्ने आशंका छ ।
यद्यपि, चन्दोली नेशनल पार्कका फरेस्ट रेन्जर नन्दकुमार नलवडेले यी व्यक्तिले अहिले शिकारको कुरा स्वीकार गरेको तर गोहोरोमाथि अत्याचारको कुरा अस्वीकार गरिरहेका छन् ।
रेन्जरले बताए कि यो भिडियो साइबर प्रहरीलाई सुम्पिइएको छ जसले भिडियोको सत्यताको अनुसन्धान गरिरहेको छ ।
अधिकारीले बताए अनुसार अवैश प्रवेशमा दोषी पाइए उनीहरुलाई ५ लाख भारु जरिवाना र ७ वर्षसम्म सश्रम कारावासको सजाय हुनसक्छ ।
तर नलवडेका अनुसार गोहीमाथि अत्याचारको दोषी पाइँदा उनीहरुलाई १० वर्षसम्मको जेल सजाय हुनसक्छ ।
चारजना संदिग्धलाई ८ अप्रिलमा अदालतमा पेश गरियो जसले उनीहरुलाई २२ अप्रिलसम्म १५ दिनको न्यायिक हिरासतमा पठाएको थियो ।
यद्यपि, केही शर्तअन्तर्गत जमानत दिइएको थियो ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस