बझाङ जीप दुर्घटनामा कांग्रेस सभापति घाइते, २७ वर्षीय छाेराकाे ज्यान गयाे - सिधा मिडिया





बझाङ जीप दुर्घटनामा कांग्रेस सभापति घाइते, २७ वर्षीय छाेराकाे ज्यान गयाे

    ४ बैशाख २०७९, आईतवार ०९:५१  मा प्रकाशित
141 जनाले पढ़िसके


बझाङ :

जीप दुर्घटनामा नेपाली कांग्रेस बझाङका सभापति खड्क बाेहराका माइला छाेरा विनाेद बाेहराकाे ज्यान गएकाे छ ।

बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेकाे सुपप्र ०१-००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनाेदकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

गयराति पाैने १ बजे भएकाे दुर्घटनामा खड्क सामान्य घाइते भएका छन् । सवारी दुर्घटनामा घाइते भएकी खड्ककी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लािग धनगढी रेफर गरिएको छ । घाइते खड्क, उनका कान्छा छाेरा पारश तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराकाे देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ ।

उनीहरु वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार जीप अनियन्त्रित भएर दुर्घटनामा परेकाे हाे ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस