चापाकोटको मेयरमा "रामचन्द्र पंगेनी" को चर्चा - सिधा मिडिया





चापाकोटको मेयरमा “रामचन्द्र पंगेनी” को चर्चा

    ६ बैशाख २०७९, मंगलवार १०:४७  मा प्रकाशित
563 जनाले पढ़िसके


प्रदिप पंगेनी / स्याङ्जा :- स्थानीयतह निर्वाचनको मिति नजिकिदै गर्दा मेयर र अध्यक्षको खुलेर चर्चा चापाकोटमा हुन थालेको छ । ५ नगरपालिका ६ गाउँपालिका रहेको स्याङ्जामा पनि चुनावको मिति नजिकिँए संगै स- गर्मी सुरुभएको छ ।

कालीगण्डकीको तटमा अवस्थित अत्यन्त रमणीय उर्वर भुमि चापाकोट नगरपालिकामा पनि बैशाख ३० गतेको चुनावी मिति नजिकीए सँगै चुनावी माहोल सुरु भएको हो । चापाकोट नेपाली काङ्ग्रेसबाट मेयरमा दर्जनौं आकाङ्क्षी भएता पनि “रामचन्द्र पंगेनी” बलियो उम्मेदवार रहेका छन ।

को हुन रामचन्द्र पंगेनी ?

साविक कुवाकोट, हाल चापाकोट नगरपालिका १० आधिघाँटमा वि. सं. २०१९ सालमा जन्म भएका “पंगेनी” नेपाली काङ्ग्रेसमा कुशल संगठन कर्ताका रूपमा परिचित हुन ।

वि. सं. २०३६ साल बाट नेपाली काङ्ग्रेस क्रियाशील राजनीतिक यात्रा सुरु गरेका “पंगेनी” विभिन्न पद र जिम्मेवारीमा रहि राजनितिक यात्रा अघि बढाउनु भएको हो । साविक कुवाकोट गाविस सभापति, स्याङ्जा क्षेत्र नं. ३ क्षेत्रीय कोषाध्यक्ष, चापाकोट नगरपालिका नगर सभापति २ कार्यकाल हुदै नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा लोकप्रिय मतका साथ महाधिवेशन प्रतिनिधिमा बिजय हुदै, धेरै राजनीतिक सामाजको लागि आफ्नो जीवन सुम्पिने माथिल्लो तहमा रहेका नेता देखि चापाकोटको जनतामाझ निकै लोकप्रिय नेता “रामचन्द्र पंगेनी”लाई चापाकोटका जनताले बलियो साथ दिदै मेयर बनाउन खोजेका हुन ।

राजनीतिक यात्राको लामो अनुभव रहेको कुशल संगठनकर्ता, जनभावना अनुरुप काम गर्ने , भेदभाव रहीत सोच भएको “पंगेनी” मेयर भए समृद्ध चापाकोट बन्ने भन्दै स्थानियतह गाउँ टोलमा चर्चा संगै जनदबाब समेत दिन थालेका छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस