पल प्रकरण : बाबुछोरीले नै बयान फेरेपछि अभिनेत्री आंचल शर्माले दिईन कडा दनक - सिधा मिडिया





पल प्रकरण : बाबुछोरीले नै बयान फेरेपछि अभिनेत्री आंचल शर्माले दिईन कडा दनक

    ७ बैशाख २०७९, बुधबार २०:४२  मा प्रकाशित
349 जनाले पढ़िसके


काठमाडौं ।

आँचल शर्मा एक नेपाली अभिनेत्री र मोडल हुन् । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र नाई नभन्नु ल ४बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले शत्रु गते र जोनी जेन्टलम्यान नामक चलचित्रमा समेत भूमिका गरिन्।

नेपाली चलचित्र उद्योगमा प्रवेश गर्नु अगावै उनी एक सौन्दर्य प्रतियोगिता जितेकी थिइन् । आँचल शर्मा नेपाली सिनेनागरिकओ लागि कुनै नौलो नाम हैन । आँचल पछील्लो समय चर्चा संगै बिवादमा पनि तानिएकी हुन्छिन् । आँचल अहिले फिल्म संगै म्युजिक भिडियोमा पनि ब्यस्त रहन थालेकि छिन् । उनी भन्छिन् “मलाई म्युजिक भिडियोले धेरै कुरा सिकायो ।

यस्तै अहिले क र णीको अभियोग लागेका अभिनेता पल शाहको बिषयले नेपाली समाज तातिएको छ । नायक पल शाह करणी प्रकाणमा नाबालिगपछि उनका बुवाले पनि बयान फेरेका छन् । मंगलबार जिल्ला अदालत तनहुँमा पीडित भनिएकी बालिकाका वुबाले बयान फेर्दै कर णी नभएको बताएका छन् । उनले उजुरीमा कर णी भने पनि अदालतमा बयान दिने क्रममा कर णी नभएको बताएका छन् ।

‘बयान पूरै फेरिएको होइन। उजुरी मैले नै दिएको हो, हस्ताक्षर पनि मेरै हो भन्ने भो । कर णीको व्यहोराको जाहेरी दिए पनि पल शाहले कर णी गरेको रहेनछ भन्ने बयान दिनुभयो’, जिल्ला न्याधिवक्ता रामचन्द्र शर्माले बताए ।

नाबालिग गायिकाले आइतबार बकपत्रमा कर णी नभएको बयान दिएकी थिइन् । ‘बालिकाले पनि सम्बन्ध हैन भनेर दिएकी छन् । अरु सबै स्विकार गरेकी छन् ।

यो संगै घुमाउरो तरिकाले अभिनेत्री आंचल शर्माले एउटा स्टाटस लेखेकी छन् जुन स्टाटसको सङ्केत पल तिर नै सोझिएको सङ्केत गर्दछ । उनले सामाजिक संजालमा लेखेकी छन् :यथार्थ नबुझी दोष लगाउने समाजमा,
मन दुखाएर होईन,
मन बुझाएर जिउनु पर्छ !

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस