प्रदिप पंगेनी / स्याङ्जा:-
स्याङ्जाको चापाकोटमा स्थानीय चुनावको उम्मेदवारहरु छनोट अन्तिम चरण भए संगै राजनीतिक दलहरुले आधिकारिक रुपमा उम्मेदवारको नाम सिफारिस गरेका छन ।
स्थानीय तहको घोषित निर्वाचन मिति नजिकिदै गर्दा स्याङ्जाको चापाकोट नगरपालिकामा
यसपटक करिब २१ हजार ५४६ मतदातामध्ये १० हजार २४० पुरुष र ११ हजार ३०६ महिला रहेका छन् ।
एमालेबाट चापाकोट नगरपालिकाको मेयरमा युवाहरुले निकै खोजेको र चाहेको नेता राजु कोइराला चयन भएका छन । बहुसंख्यक नेपाली राजनीतिज्ञका लागि जनता भोट मात्रै हुन् भन्नुमा अत्युक्ति नहोला । भोटका लागि ठूला सपना देखेर आम जनतालाई खुसी पार्नु र चुनावपछि पनि याद नगर्नु राजनीतिक भ्रष्टाचार हो भन्ने मान्यता राख्छन् राजु कोइराला ।
राजु कोइरालाको राजनैतिक पृष्ठभूमि र लगनशीलतालाई सरसरी हेर्दा उनको समर्पण र त्याग लामो रहेको र भविष्यमा चापाकोटलाई अगाडि बढाउन समेत प्रस्ट दृष्टिकोण समेत भएको अनुभवी र जनतासंग भिजेको व्यक्ति हुन् I
कुनै पनि देशको मेरुदण्ड देशमा रहेको राजीनितिक संरचना, इच्छा शक्ति र निर्वाचित पदाधिकरीमा भर पर्छ भन्नुमा कुनै अत्युक्ति नहोला । राजनीति व्यवसाय हुनु हुँदैन भन्ने मान्यता राख्छन कोइराला I
राजु कोइराला जसको नेकपा एमालेमा र खास गरि चापाकोटमा राम्रो र ऐतिहासिक योगदान छ । उनी एक प्रखर बुद्धिजीवी हुन् । समाज बिकासमा जुझारु रूपमा अनवरत लागेका योद्धा हुन् । उनले एमालेको एक योद्धा बनेर सधै समाजको लागि जस्ताेसुकै अप्ठेराे अवस्थामा पनि काँध थापेर कार्य गरेको देखिन्छ ।
एमालेको राम्रो पकड रहेको चापाकोट नगरपालिकामा यतिबेला सबै राजु कोइरालाको पक्षमा एक ढिक्का बनेर खडा भएका छन ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस