स्याङ्जा:
चापाकाेट नगरपालिका वडा न.१० का गठबन्धन टोलि समृद्द वडा बनाउने महाअभियानमा कम्मर कसेका छन् । नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको ताल्मेलमा गठबन्धन भएको हो ।
गठबन्धनका उम्मेदवारहरु यस वडाको प्रत्येक टोलमा गएर विभिन्न बर्गमा पर्ने जनताको समस्या टिप्दै उक्त समस्यालाई पहिलो प्रथमिकतामा राखी समाधान तर्फ लाग्ने प्रतिबद्दता जनाएका छन् । विशेष प्राथमिकतामा भने किसान, महिला, बिध्यार्थी र अपाङ्गलाइ राखेको अध्यक्ष उम्मेदवारले “सिधा मिडिया” लाई जानकारी दिएका छन्।
नेकपा माओवादी केन्द्रबाट वडाअध्यक्ष पदमा गण्डकी प्रदेश वाइसिएल संयोजक चन्द्र बहादुर थापा (सानू) ले उम्मेदवारी दिएका छन भने, खुल्ला सदस्य पदमा माओवादी केन्द्रबाट इश्वर बहादुर थापा खाम्चा, नेपाली काङ्ग्रेसबाट खुल्ला सदस्य पदमा टुकराज पाठक, महिला सदस्य पदमा दुर्गादेवी पंगेनी र दलित महिला सदस्य पदमा गुडडी कौशलले उम्मेदवारी दिएका छन।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस