काठमाडौं ।अब शुक्रबार पनि सेयर कारोबार हुने भएको छ । पहिले सातामा आइतबारदेखि बिहीबारसम्म हुने गरेको सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म हुने भएको हो । अब आइतबारको ठाउँमा शुक्रबार सेयर कारोबार हुने भएको छ ।
आगमी जेठ महिना देखि आइतबारको ठाउँमा शुक्रबार सेयर कारोबार हुने भएको हो । नेपाल उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको पुँजी बजारसम्बन्धी छलफलमा नेपाल धितोपत्र बोर्डले नेप्सेलाई सोमबारदेखि शुक्रबारसम्म बजार सञ्चालन गर्न निर्देशन दिएको हो ।
धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेप्सेलाई ५ दिन नै सेयर कारोबार गर्ने निर्देशन दिएको बताएका हुन् । सरकारले पेट्रोलियम पदार्थ खपत काम गर्न भन्दै हप्तामा शनिबार र आइतबार बिदा दिन लागेको हो ।सरकारले हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएपछि सेयर कारोबार ४ दिन मात्रै हुने हो कि भन्ने थियो ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस