गठबन्धन स्थानीय तहसम्म मात्र सीमित रहँदैन– देउवा - सिधा मिडिया





गठबन्धन स्थानीय तहसम्म मात्र सीमित रहँदैन– देउवा

    २४ बैशाख २०७९, शनिबार १९:११  मा प्रकाशित
65 जनाले पढ़िसके


प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलको गठबन्धन स्थानीय तहसम्म मात्र सीमित नरहने दावी गरेका छन् ।

शनिबार तनहुँको दमौलीमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा राजनीतिक अस्थिरता र एमाले अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध गठबन्धन तयार भएको बताए ।

उनले भने ‘यो एक ऐतिहासिक गठबन्धन हो, स्थानीय तहसम्म मात्र सीमित रहदैन, प्रदेश र संघको निर्वाचनमा पनि हामी यही अनुसार अगाडि बढ्छौँ ।’

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीको कार्यशैलीबाट जनताले मुक्ति पाएको समेत दाबी गरे । आफूबाहेक अरुलाई काम गर्न नदिने र आफू विरुद्ध कोही बोलेको सुन्न नसकेर ओलीले पटक पटक संसद् भंग गरेको उनले आरोप लागए । गठबन्धन असफल बनाउन पटक पटक गरिएको प्रयास निरर्थक भएको बताउदै देउवाले चुनावी मैदानबाट सबैलाई जवाफ दिने बताए ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस