१० कित्ताभन्दा बढी सेयर भएमा ‘अडलट’मा विक्री गर्न नपाईने - सिधा मिडिया





१० कित्ताभन्दा बढी सेयर भएमा ‘अडलट’मा विक्री गर्न नपाईने

    २६ बैशाख २०७९, सोमबार २२:०९  मा प्रकाशित
743 जनाले पढ़िसके


काठमाडौं ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले १० कित्ताभन्दा बढी सेयर हुने शेयरधनीलाई अडलटमा बिक्रीमा रोक लगाएको छ । सोमबार ब्रोकर तथा सरोकारवाला पक्षहरुलाई सूचना जारी गर्दै नेप्सेले यस्तो निर्देशन दिएको हो ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ विपरीत १० कित्ताभन्दा बढी सेयर हुने धितोपत्र धनीले पनि अडलट बनाई कारोबार गर्ने गरेको पाइएपछि यस्तो निर्देशन दिइएको नेप्सेले जनाएको छ ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ मा कारोबार इकाइभन्दा कम परिमाणको धितोपत्र अडलट हुने र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिने भन्दै नेप्सेले सूचनामा भनेको छ ‘कारोबार इकाइ वा सोभन्दा बढी धितोपत्र भएका धितोपत्र धनीले त्यस्तो धितोपत्रको अडलट बिक्री गर्न पाइने छैन ।’

नेप्सेले धितोपत्र कारोबार सम्बन्धमा रहेको कानूनी व्यवस्था बमोजिम मात्रै कारोबार गर्न ब्रोकरलाई सचेत पनि गराएको छ । यस्तो निर्देशनपछि अब शेयरधनीसँग १० कित्ताभन्दा बढी सेयर भएमा अडलटमा बिक्री गर्न पाउनेछैन । नेप्सेले यस्तो कारोबार टीएमएस प्रणालीबाट समेत विक्री नर्गन भनेको छ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस