काठमाण्डौ ।
नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १६ करोड ४७ लाख रुपैयाँ बढी खु्द नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १५.५५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले १९ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १५.५५ प्रतिशतले घटेर २६ करोड १५ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ३० करोड ९५ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १२.९२ प्रतिशतले घटेर २८ करोड ३५ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ३२ करोड ५६ लाख रुपैयाँ थियो।
चुक्तापुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म २ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिसम्म संस्थाले २ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
यो अवधिसम्म संस्थाको रिजर्भको आकार २६.९२ प्रतिशतले बढेर ५८ करोड ४६ लाख रुपैयाँको भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको रिजर्भमा ४६ करोड ६ लाख रुपैयाँ रहेको थियो।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ५.७२ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल २.१० प्रतिशत थियो।
संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८६.१५ रुपैयाँ, पीई रेसियो २६.२७ गुणा, प्रतिसेयर नेटवर्थ ३२९.२८ र तरलता अनुपात ११.०२ प्रतिशत रहेको छ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस