काठमाडौं ।
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता फराकिलो पारेका । यसअघि ३७ मतले अगाडि रहेका बालेनले अग्रता फराकिलो पारेर ७२ मतको अग्रता लिएका छन् ।
पछिल्लो अपडेटअनुसार बालेनको मत ३५३ पुगेको छ । एमालेका केशव स्थापितले २८१, काँग्रेसको सिर्जना श्रेष्ठले २३७ मत पाएका छन् । राप्रपाका मदनदास श्रेष्ठले १६ मत पाएका छन् ।
उपमेयरमा एमालेकी सुनिता डंगोलले प्रतिस्पर्धीको भन्दा तेब्बरभन्दा धेरै मतले अग्रता लिइरहेकी छिन् । सुनिताले २०९ मत ल्याएकी छिन् ।
उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ४६ मत ल्याउँदा राप्रपाकी बिनिता मगैयाले २८ मत पाएकी छिन् ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस