काठमाडौं ।
काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले अग्रता कायम राखेका छन् । १२८० मत गन्दा एमालेका केशव स्थापितभन्दा बालेन ४७ भोटले अगाडि छन् ।
पछिल्लो अपडेटअनुसार १२८० मत गन्दा बालेनको मत ४१३ पुगेको छ । एमालेका स्थापितले ३६६, काँग्रेसको सिर्जना श्रेष्ठले २३३ मत पाएका छन् । वडा नम्बर १ र ३२ सँगै अहिले वडा नम्बर २ को पनि मत गणना भइरहेको छ ।
महानगरपालिकाको ३२ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बालेनप्रति मतदाताको ठूलो आकर्षण देखिएको छ । यहाँ बालेनको मत अरु उम्मेदवारको भन्दा निकै बढी छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस