बालेन साहलाई सुनिता डंगोलले उछिनिन्‌ - सिधा मिडिया



बालेन साहलाई सुनिता डंगोलले उछिनिन्‌

    ३१ बैशाख २०७९, शनिबार २०:४०  मा प्रकाशित
3682 जनाले पढ़िसके




काठमाडौं । काठमाडौँ महानगरको उपमेयर पदमा नेकपा एमालेकी सुनिता डंगोलले ५२० मत ल्याएकी छन् । वडा नम्बर एकको ५ सय मत, वडा नम्बर ३२ को ५ सय मत तथा वडा नम्बर २ को १८० मत गन्दा डंगोलको प्रतिस्पर्धी नेकपा एकीकृत

समाजवादीले ११० मत ल्याएको छ । त्यस्तै, राप्रपाले १०५ मत ल्याउँदा विवेकशील साझा ३५ मतमा सीमित बनेको छ ।

उता मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४०२ मत ल्याउँदै अग्रता बनाएका छन् । साहका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितले ३१९ मत ल्याएका छन् भने काँग्रेसबाट मेयर पदकी प्रत्याशी सिर्जना सिंहले २०२ मत ल्याएकी छन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस