बालेनको चर्चित चश्माः बजारमा थेगिनसक्नु माग, कति पर्छ मूल्य ? - सिधा मिडिया



बालेनको चर्चित चश्माः बजारमा थेगिनसक्नु माग, कति पर्छ मूल्य ?

    ५ जेष्ठ २०७९, बिहीबार १०:४९  मा प्रकाशित
601 जनाले पढ़िसके




काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) नेपाली मिडियामा सर्वत्र छाईरहेका छन् । मेयरमा उम्मेदवार घोषणा र उम्मेदवारी दर्तापछि काठमाडौँका मेयरका उम्मेदवारमध्ये सर्वाधिक खोजिमा परेका उम्मेदवार हुन् बालेन शाह ।

मतगणना सुरु भएपछि सत्ता गठबन्धनकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई दोब्बर मतले पछि पार्दै निरन्तर अग्रता बनाईरहेकाले उनको चर्चा झन चुलिएको छ ।

इन्जिनियर समेत रहेका बालेनलाई उनले लगाएको चश्माले पनि चर्चित बनायो । राष्ट्रिय टेलिभिजनमा अन्तरवार्ता दिँदा होस् वा मतदातासँग मत माग्न घरदैलो गर्दा होस्, उनले चश्मा लगाईरहे । कतिपयले उनको चश्माको तारिफ गरे भने धेरैजसोले आलोचना गरे । भलाद्मी नदेखिएको, घमण्डीपना झल्किएको भनेर उनको चश्मा देखेर आलोचना भएको भएपनि मत भने उनले राम्रै बटुल्न सफल भएको हालसम्मको परिणामले देखाएको छ ।

बजारमा उच्च माग

बालेनलाई चर्चित बनाउन भूमिका खेलेको चश्माको माग अहिले बजारमा उच्च छ । यो चश्मालाई ‘मेटल ग्लास’ भनिन्छ । तर, काठमाडौँ र काठमाडौँ बाहिर यो चश्मा खोज्नेहरुले ‘बालेन चश्मा’ भनेर खोज्ने गरेका छन् ।

अहिले बालेनको जस्तै चश्मा किन्न आउने ग्राहकको संख्या उच्च रहेको कोटेश्वर चोक (महादेवस्थान जाने बाटो)मा रहेको चश्मा पसलका व्यवसायी बताउँछन् । काठमाडौँका न्यूरोड, असन र महावौद्धमा पनि बालेनले लगाएको जस्तै चश्मा खोज्ने ग्राहकहरु धेरै पुग्ने गरेका छन् । बालेनको जस्तै चश्मा खोज्ने ग्राहक एकाएक बढ्दा बजारमा मेटल ग्लासको अभाव हुन थालिसकेको छ ।

काठमाडौँ महानगरपालिकाको मतगणना सकिन अझै समय लाग्ने देखिएकाले उच्च माग रहेका क्षेत्रका व्यवसायीहरुले मगाउन सुरु गरिसकेका छन् ।

बालेनले पहिलेदेखि नै यस्तो चश्मा लगाउने भएपनि उनले उम्मेदवारी दिएपछि उनको चर्चा धेरैतिर चुलियो । बालेनको उम्मेदवारीपछि यो चश्माको पनि सँगसँगै चर्चा बढेकोले माग बढिरहेको रामेछापको मन्थलीस्थित ‘साकुरा चश्मा पसल’का सञ्चालक सन्तोष मैनाली बताउँछन् ।

कति पर्छ मूल्य ?

बालेनले लगाएको जस्तो मेटल ग्लासको मूल्य नेपाली बजारमा खासै महँगो छैन । यो चश्मा ७ सयदेखि ३ हजार ५ सय रुपैयाँ सम्ममा उपलब्ध छ ।

रातो, सेतो, कालो तथा गोल्डेन कलरमा उपलब्ध यो चश्मा सस्तो मूल्यमा राम्रो चश्मा खोज्नेहरुका लागि उपर्युक्त भएको व्यवसायी मैनाली बताउँछन् ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस