स्याङ्जा ।
स्याङ्जाको चापाकोटमा युरिया मलको अभाव हुँदा किसान मर्कामा परेका छन् । किसानले युरिया मल नपाएको गुनासो गरे पनि सरोकारवाला निकायहरूले यसमा कुनै चासो दिएका छैनन् । जिल्लाको चापाकोट नगरपालिका भित्रका अधिकाम्स जग्गामा किसानहरुले यतिबेला मकै खेती गरेका छन् ।
एकहोरो मकै गोडेपनि मल अभावका कारण दोहोरो मकै गोडन् नपाएको उनले गुनासो गरे । मल अभावमा समयमै मकै गोड्न नपाउँदा दुःख गरी लगाएको मकै उत्पादन घट्नेमा स्थानीयहरु चिन्तित छन् । मलको अभावले समय घर्किदासमेत खेत बारीमा लगाएको मकै दोहोरो गोड्न नपाएकोकोमा अर्का किसानले समेत गुनासो गरेका छन ।
स्याङ्जाको चापाकोटमा सिजनकै बेला युरिया मलको अभाव हुँदा किसान मर्कामा परेपनि कुनै निकायको ध्यान यस तर्फ जान सकेको छैन । स्थानीय किसानको अनुसार युरिया मल नपाउँदा दोहोरो मकै गोड्न समस्या भएको छ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस