जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको छु : काठमाडौंका मेयर - सिधा मिडिया





जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको छु : काठमाडौंका मेयर

    १३ जेष्ठ २०७९, शुक्रबार ०९:०८  मा प्रकाशित
261 जनाले पढ़िसके








काठमाडौं। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह ‘बालेन’ ले अबका दिनमा भिजन र एजेण्डा कार्यान्वयन गर्नेतिर लाग्ने बताएका छन्।

शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले जितलाई विजयभन्दा पनि कार्यको सुरुवातको रुपमा लिएको बताए।

उनले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता समेत जनाए। उनले भने, ‘ ‘काठमाडौं महानगर परिवारको रूपमा छ, परिवार नै रहनेछ । हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौं भन्ने आशा राखेको छु।’

स्वतन्त्रबाट उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गरेर मेयरमा निर्वाचित भएका हुन्
उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भएकी छन्।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस