काठमाण्डौ – काठमाण्डौबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाज टायरमा समस्या देखिएपछि काठमाण्डौ फर्किएको छ ।
बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाज टायरमा समस्या देखिएपछि बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो ।
जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भइसकेको छ । अहिले प्राविधिक जाँच भइरहेको सिटौलाले जानकारी दिनुभयो ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस