भारतबाट फेरि पेट्रोलको मूल्य प्रतिलिटर यति धेरै पैसा बढेर आयो (सुची सहित) - सिधा मिडिया



भारतबाट फेरि पेट्रोलको मूल्य प्रतिलिटर यति धेरै पैसा बढेर आयो (सुची सहित)

    १८ जेष्ठ २०७९, बुधबार २१:०४  मा प्रकाशित
420 जनाले पढ़िसके




काठमाडौं । भारतबाट फेरि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची हेरफेर भएर आएको छ । बुधबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची हेरफेर गरेर पठाएको जनाएको हो ।

निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनमा घटेर आएको छ । पेट्रोल प्रतिलिटर ८ रुपैयाँ २१ पैसा बढेर आएको छ भने डिजेलमा प्रतिलिटर ७ रुपैयाँ ४ पैसा, खाना पकाउने ग्यासँमा प्रतिसिलिन्डर १ सय २२ रुपैयाँ, हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।

निगमले मासिक अझैँ पनि ६ अर्ब १५ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने विज्ञप्तिमा जनाएको छ । 

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस