पल शाह थुनामै रहने, जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर - सिधा मिडिया



पल शाह थुनामै रहने, जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

    १९ जेष्ठ २०७९, बिहीबार २०:२१  मा प्रकाशित
188 जनाले पढ़िसके




काठमाडौं ।

बलात्कारको आरोप लागेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ र पुर्वी नवलपरासी जिल्ला अदालतको आदेशलाई उच्च अदालत पोखराले सदर गरेको छ । जिल्ला अदालतको आदेशविरुद्ध पलले उच्च अदालत पाेखरामा पुनरावेदन गरेका थिए ।

बिहीबार बहसपछि उच्च अदालतका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश सदर गरेको हो । शाहले साधारण तारेखमा रिहा गर्नका गरेको मागलाई अदालतले अस्वीकारगरेको छ । यससँगै कम्तिमा फैसलासम्म शाह थुनामै रहने भएका छन् ।

शाह गत फागुन १५ गते पक्राउ परेका थिए । तनहुँ लिल्ला अदालतले चैत ११ गते पुर्पक्षकालागि थुनामा पठाउने आदेश गरेको थियो ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस