काठमाडौं
दुई लघुवित्तले कर्मचारी माग गरेको छ । आज एक सूचना प्रकाशित गर्दै एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी मागेको हो ।
एनआईसी एशिया लघुवित्त
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ४ पदका लागि कर्मचारी माग गरेको हो । लघुवित्तले ब्यवस्थापकिय श्रेणीमा सहायक प्रबन्धक, नायब प्रबन्धक, प्रबन्धक र बरिष्ठ सहायक पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।
जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टड एकाउन्टेन्ट संस्थाबाट चार्टड एकाउन्टेन्सी उत्तिर्ण गरेको तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त बैंक वित्तीय संस्थामा अनुभवी कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २ गतेसम्म लघुवित्तको वेबसाइट nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सकिनेछ ।
सबैंको लघुवित्त
सबैंको लघुवित्त वित्तीय संस्था लिमिटेडले १ पदका लागि कर्मचारी माग गरेको छ । लघुवित्तले करारमा समुह परिचालकमा केही पदमा कर्मचारी माग गरेको हो ।
जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट एसइईमा कम्तिमा २ जिपिए ल्याई उत्तिर्ण गरेको तथा कुनै सहकारी संस्था वा लघुवित्त क्षेत्रमा काम गरेका उम्मेदवारलाई प्राथमिकता दिईनेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मिति (जेठ १९ गते) ले ७ दिन भित्र संस्थाको शाखा कार्यालय विरेन्द्रनगर सुर्खेतमा आफै उपस्थित भई आवेदन दिन सकिनेछ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस