काठमाण्डाैं
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(निफ्रा) को ऋणपत्र ट्रष्टि एवं ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापीटल नियुक्त भएको छ ।
निफ्राको ऋणपत्र (निफ्रा उर्जा ऋणपत्र (७% २०८५/८६) जारी गर्ने प्रयोजनको लागि बैंक र एनआईबिएल एस क्यापीटल लिमिटेड बीच ऋणपत्र ट्रष्टि एवं ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धक नियुक्ती सम्बन्धी आपसि सम्झौता पत्रमा जेठ १३ गते हस्ताक्षर भएको हो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा मार्फत् पूर्वाधार विकास बैंकले समेत ऊर्जा ऋणपत्र जारी गर्नसक्ने व्यवस्था गरेको थियो ।
निफ्राले केही समय पहिले साधारण सेयर(आईपीओ) जारी गरेकाे थियाे । जसमा आवेदन दिने जति सबैलाई कम्तिमा पनि ५० कित्ता सेयर परेकाे थियाे ।
निफ्राले पछिल्लाे पटक सबैभन्दा बढी कित्ता आईपीओ जारी गरेकाे हाे । त्यसयता अरु कुनै पनि कम्पनीले धेरै कित्ता भएकाे आईपीओ जारी गरेका छैनन् ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस