काठमाडौं
फेरी थप दुई नाम चलेका लघुवित्तहरुले कर्मचारी मागेका छन् । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले ४ पदका लागि कर्मचारी मागेको हो ।
लघुवित्तले अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ठ अधिकृत र सहायकमा केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट प्रविणता प्रमाणतह उत्तिर्ण तथा स्नातक तह उत्तिर्ण सम्म माग गरेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार ६ गते कार्यालय समय भित्र लघुवित्तका इमेल मार्फत आवेदन दिन सकिनेछ ।
यसैगरी छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ४ पदका लागि कर्मचारी मागेको हो ।
लघुवित्तले सहायक चतुर्थ तहको लागि सहायक ईकाई प्रबन्धक र अधिकृत तहका लागि सहायक अधिकृत र सहायक अधिकृतमा केही संख्यामा र सहायक हधिकृतमा १ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट एसइई उत्तिर्ण गरेको देखि कानुन संकायमा कम्तिमा १.८ जिपिएलाई उत्तिर्ण गरेको कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार १२ गतेसम्म संस्थाको केन्द्रिय कार्यालय वा संस्थाकाे वेभसाइट chhimekbank.org/career/ मार्फत आवेदन दिन सकिनेछ ।
© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
प्रतिक्रिया दिनुहोस