छुट्नु होला है ! निःशुल्क विद्युतीय चुलो पाउन यसरी दिनुहोस, अनलाइन आवेदन - सिधा मिडिया



छुट्नु होला है ! निःशुल्क विद्युतीय चुलो पाउन यसरी दिनुहोस, अनलाइन आवेदन

    २६ जेष्ठ २०७९, बिहीबार १४:२६  मा प्रकाशित
589 जनाले पढ़िसके




काठमाडौं ।

सरकारले बाहिरी जिल्लाबाट आएर काठमाडौंमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गर्ने भएको छ ।

यसका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले निवेदन आह्वान गरेको छ । विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क रुपमा यस्तो चुलो वितरण गर्न लागिएको हाे ।

निःशुल्क विद्युतीय चुलो पाउनका लागि सबैभन्दा पहिले लोपोन्मुख, आदिवासी, जनजाति र दलित समुदायको भएको परिचय खुल्ने कागजको प्रतिलिपि र सिफारिसपत्र तपाईंसँग हुनुपर्छ ।

त्यसपछि यहाँ क्लिक गरेर आवेदन दिने साइट (गुगल फर्म) मा जानुहोस् ।

-सबैभन्दा पहिले आफ्नो नाम टाइप गर्नुहोस् ।

-दोस्रोमा तपाईं पुरुष, महिला वा भन्न नचाहेको भन्ने तीनवटा विकल्पमध्ये एउटा छान्नुहोस् ।
-त्यसपछि प्रोभिन्स (प्रदेश) छान्नुपर्ने हुन्छ । त्यसमा तपाईंको स्थायी ठेगाना भएको प्रदेश छान्नुहोस् ।

-त्यसपछि डिस्ट्रिक्ट (जिल्ला) मा आफ्नो स्थायी ठेगाना भएको जिल्ला टाइप गर्नुहोस् ।

-त्यसको तल पर्मानेन्ट एड्रेस (स्थायी ठेगाना) राख्न भनिएको बक्समा तपाईंको स्थाई ठेगाना भएको स्थानीय पालिकाको नाम उल्लेख गर्नुहोस् ।

-त्यसको तल टेम्पोरोरी एड्रेस लेखिएको बक्स देख्न सकिन्छ । त्यसमा तपाईं हाल कुन ठाउँमा बस्नुहुन्छ, त्यो ठाउँको नाम उल्लेख गर्नुहोस् ।

-त्यसपछि आफ्नो सम्पर्क नम्बर राख्नुहोस् । तपाईंले सम्पर्क नम्बरको तल क्याम्पसको नाम राख्नुपर्ने हुन्छ । तपाईं कुन क्याम्पसमा अध्ययन गर्नुहुन्छ, त्यो उल्लेख गर्नुहोस् ।

-त्यसको तल तपाईं कुन तहमा अध्ययन गर्नुहुन्छ त्यो छान्नुहोस् ।

-त्यस्तै अन्तिममा आफ्नो ईमेल एड्रेस राखेर सब्मिटमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंको फर्म आधिकारिक साइटमा जान्छ । 

अनलाइन फारम भरी सकेपछि इमेलमा टोकन नम्बर प्राप्त हुनेछ । त्यसलाई समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनुपर्नेछ ।

त्यसपछि केन्द्रले आवश्यक अध्ययन गरी तपाईंलाई विद्युतीय चुलो वितरण गर्नेछ ।

© 2021, Sidha Media. सर्वाधिकार सुरक्षित नोट : यस सिधा मिडियाबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘सिधा मिडिया डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस